रौतहट/चन्द्रपुर ६ मा रहेको बाल निकेतन मा.वि.मा आजदेखि बाल निकेतन प्रिमियर लिग(बिपिएल) सिजन २ सुरु भएको छ । विद्यालयमा रहेका चारवटा हाउस तथा शिक्षकको टिम गरेर ५ वटा टिम सम्मिलित सो क्रिकेट प्रतियोगिताको उद्घाटन विद्यालयका कार्यकारी निर्देशक दिपक कुमार रेग्मीले गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै रेग्मीले बाल निकेतन खेलकुद क्षेत्रमा सदैव अब्बल रहेको भन्दै खेलाडीहरुको विकासको लागि विद्यालयले कुनैपनि कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले बाल निकेतनमा अध्ययन गर्ने विद्यार्थीहरुमा रहेका खेलकुद प्रतिभालाई विकास गर्न विद्यालय निरन्तर प्रतिवद्ध एमव् योजनावद्ध भएर लागि परेको बताउँदै उहाँले बिपिएलले विद्यार्थीहरुमा रहेको क्रिकेटको क्षमतालाई बढाउन मद्धत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
स्व. शेर बहादुर दर्लामी स्मृति खेल मैदानमा सम्पन्न आजको खेलमा गौरीशंकर हाउस तथा सगरमाथा हाउस विजयी भएका छन् । गौरीशंकर हाउसले कन्चनजंगा हाउसलाई २६ रनले पराजित गरेको विद्यालयका खेल संयोजक जीवन बजँगाइले जानकारी दिनुभयो । त्यसैगरी सगरमाथा हाउसले माछापुच्छ्र्र्रे हाउसलाई ५ विकेटले पराजित गरेको बजँगाइले बताउनुभयो । शुक्रबारको पहिलो खेल गौरीशंकर हाउस तथा सगरमाथा हाउस तथा दोस्रो खेल कन्चनजंगा एवम् माछापुच्छ्रे हाउसको बीचमा हुने विद्यालयका शिक्षक सुजन तिमल्सिनाले जानकारी दिनुभयो ।