संकल्प बचत तथा ऋण सहकारी संस्था लि. चन्द्रपुरले एक दिने सहकारी शिक्षा दिएको छ । चन्द्रपुर ३ स्थित गैडाटारमा रहेको श्री जनशतिm माध्यमिक विद्यालयमा सदस्यहरुलाई सहकारीले दिदै आएको सेवा सुविधा र महत्वको बारेमा जानकारी गराईएको थियो । सहकारी सदस्य शिक्षा कार्यक्रम अन्तर्गत संस्थाले उतm कार्यक्रम संचालन गरेको हो । यस क्षेत्रमा सहकारी शिक्षा आवश्यतmा रहेकाले उतm कार्यक्रम गरीएको संस्थाका शिक्षा समितिका संयोजक राधिका दुलाल सापकोटाले बताउनुभयो । गरिव तथा बिपन्नलाई स्वाभलम्वन तथा आत्मनिर्भर बन्नका लागी बितिय साक्षर आवश्यतmा रहेको औल्याउदै सहकारी शिक्षा प्रदान गरेको बताउनुभयो । उतm कार्यक्रममा संस्थाका सचिव कुल वहादुर थापा, शिक्षा समितिका सदस्य , कर्मचारी लगायतको उपस्थिती रहेको थियो । संस्थाका निर्देशक गणेश पौडेलले संचालन गर्नुभएको कार्यक्रममा उल्लेखनिय मात्रामा स्थानियहरुको सहभागिता रहेको थियो । यस्तै सोहि दिन संकल्प बचत तथा ऋण सहकारी संस्थाका सदस्य संग सुत्केरी भेतघाट गरेको छ । सुत्केरी भेटघाटमा स्थानिय आर्दश राउतको नाममा ५ सय बचत राखि बाल बचत र सुत्केरी भेटघाट गरेको जनाएको छ । संकल्प बचत तथा ऋण सहकारी संस्थाले समाजिक कार्यक्रमसंगै बितिय शिक्षा तथा अन्य किसिमका विभिन्न कार्यक्रम गर्दै आएको छ । संस्थाले कार्यक्रम संगै ग्राहकलाई सरल र सहज रुपमा सेवा प्रदान गर्दै प्रविधिमा विशेष जोड दिदै आएको छ ।